मोडर्न कलेजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर- भक्तपुर सृजनानगर स्थित युनिभर्सल मोडर्न कलेजले बि. बि. एस् प्रथम बर्षका विधार्थीहरुको अगुवाई र नेपाल रेड क्रस भक्तपुर च्याप्टरको संयुक्त आयोजनामा मिति २०७९/०५/१५ गते एक दिने रक्तदान कार्यक्रम आफ्नै कलेजको प्रांगणमा सम्पन्न गरेको छ । आयोजक मध्य प्रशान्त खड्का. अनिश बुढाथोकी र बिनिषा श्रेष्ठले बिरामीहरुले उपचारका लागि रगत नपाइरहेको अवस्थामा विद्यार्थीहरुले यस्तो कार्यक्रम आफ्नै कलेजमा आयोजना गरे उपचारमा टेवा पुग्न सक्ने बताउनु भयो । कार्यक्रमको उत्घाटन गर्नु हुदै युनिभर्सल मोडर्न कलेजका प्रिन्सिपल प्राचार्य अनिल कसपाल ज्युले “दान मध्य कै उत्कृष्ट दान भनेकै रक्त दान हो “ विधार्थीहरुबाट यस्तो कार्यको सुरुवात हुनु राम्रो कुरा हो यसबाट विरामीहरुले जीवन्त पाउने विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा नेपाल रेड क्रस भक्तपुर च्याप्टरबाट कार्यक्रम सहजीकरणका लागि प्राविधिक तथा इन्चार्ज रमेश उपाध्याय साथै रोशनी कार्की र मालिका श्रेष्ठ पनि उपस्थित थिए । रक्तदान स्थानीय र विद्यार्थीहरु गरी ५१ जनाले रक्तदान कार्यक्रममा सहभागी थिए । सृजनानगर स्थित युनिभर्सल मोडर्न कलेजले बि. बि. एस् पाठ्यक्रमको अध्यापन गराइन्छ ।

Scroll to Top